नेपाली विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

नेपाली विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

nepali student in china

काठमाडौं, २५ माघ । कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन्। नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन्।

‘हामीमाथि खेलवाड भएको छ। समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गर्न पाइएन,’ नेपाल फर्कन आवेदन दिएका एक विद्यार्थीले विच्याटमा भने, ‘अब हामी विश्व समुदायसँग अपिल गर्नेछौं। विश्वमा मानवता बाँकी नै होला !’

उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन्। नत्र अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन्। ‘कि हामीलाई स्वदेश फर्काउनुपर्‍यो, कि तत्काल कोही मन्त्री वुहान आएर अभिभावकत्व दिनुपर्‍यो भनेर आग्रह गरेका छौं,’ उनले भने।

सरकारले आफ्ना नागरिकका सट्टा विदेशी कूटनीतिज्ञका कुरा सुन्दा अचम्मित भएको उनीहरूको भनाइ छ। एक विद्यार्थीले भने, ‘यो हाम्रो निरीहताको पराकाष्ठा हो। साथीहरू आफ्नो मुलुक पुगेको दुई साता हुन लागिसक्यो। हामी अझै सरकारको बाटो हेर्दै छौं।’ भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमारलगायत मुलुकले आफ्ना नागरिकलाई लगिसकेका छन्। अमेरिका, फ्रान्स, टर्की, साउदी अरेबियाका नागरिक त्यसअघि नै फर्किएका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

test123123

६ घन्टा अघि

test123123

६ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

११ घन्टा अघि