बारा, २० माघ । बारा निजगढ नगरपालिका १० रतनपुरी लालमा चुरे पहाड फेदको सरकारी जमिन भूमाफियाको कब्जामा परेको छ । बाराको लाल क्षेत्र स्थानीयको बिरोधका बावजुद भूमाफियाको कब्जामा परेको हो ।
बारामा अहिले काठमाण्डौं तराई द्रुत मार्ग र दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ विमानस्थल आयोजनासंगै भूमाफियाको नजर त्यस वरपरको जमिनमा पर्न थालेको छ । द्रुतमार्गको ३ सय मिटर नजिकै रहेको चुरे फेदको जमिन पर्खाल नै लगाएर हडपिएको छ ।
बकैया गाउपालिका वडा नं.६ भालुखोला नजिकै बसोवास गर्दै आएका सुवन सिंह लोप्चनले ढुंगाको पर्खाल लगाएपछि दुई विघा भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । अतिक्रमण विरुद्ध लिखित उजुरी परेपछी रतनपुरी सव डिभिजन वन कार्यालयले कागजात पेश गर्न पत्राचार गरको छ । तर लोप्चनले अझै आवश्यक कागजात उपलब्ध गराएका छैनन् ।
लोप्चनले स्थानीयलाई धम्कि र प्रलोभनमा पारी जग्गा हडप्ने कोशिस गरिरहेको देखिन्छ । लोप्चनले बस्ती बसेको जमीनको प्रमाण पनि खोजिने डर देखाएपछी स्थानीयले बिरोध गर्नै छाडेका छन् । लोप्चनले बाटो बनाई दिने प्रलोभन देखाउदै बिवाद सामसुम पार्न खोजेको देखिन्छ ।
लोप्चनले भने पर्खाल लगाएको कित्ता नम्बर १५२९ र १५३० को जग्गा आफ्नै भएको दावी गरिरहेका छन् ।
यसअघी पनि लोप्चनले चुरे पहाडमा रहेको जग्गामा खेतबारी सम्याउँने भन्दै दुईवटा एक्साभेटर प्रयोग गरि ढुंगा बिक्री गरेका थिए । जथाभावी उत्खननले निजगढ नगरपालिका १० लाल गाउँ लगायतका क्षेत्र जोखिममा छन् ।