५२० आयोजनालाई अनुदान | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

५२० आयोजनालाई अनुदान

money-nepali

काठमाडौं, २२ पुस । चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् ।

चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् ।

छनोटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्ब १८ करोड ३३ लाख रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार कुल लागतमध्ये संघीय सरकारले १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ र स्थानीय सरकारले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गर्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);