सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र कुरा नमिल्दा बैठक पर धकेलियाे
काठमाडौं, १५ पुस । प्रतिनिधिसभाको बैठक २७ गतेसम्मका लागि स्थगित भएको छ । पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक आज सूचना टाँस गरेर ११ दिन पर सारिएको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा जनाइएको छ ।
रिक्त रहेको सभामुख पदमा कसलाई ल्याउने भन्नेमा नेकपाभित्र कुरा नमिल्दा बैठक पर धकेलिएको हो । सभामुख कसलाई बनाउने भन्ने सम्बन्धमा मंगलबार बिहान नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपनि अन्तिम टुंगो नलागेकाले बैठक पर सारिएको हो।