नेकपाको कारण संसद अनिर्णयको बन्दी | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

नेकपाको कारण संसद अनिर्णयको बन्दी

nekapa sachibalaya latest

काठमाडौं, १३ पुस । नेकपा सचिवालयको आजको बैठक विषय प्रवेश नै नगरी सकिएको छ । आजको बैठकको मुख्य एजेण्डा सभामुख र राष्ट्रिय सभाको निर्वाचनको विषय थियो । छलफलको एजेण्डा यो भए पनि सचिवालयले प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय गरेको समाचार बाहिरिएको छ । नेकपाले सभामुखको उम्मेदवार टुंगोमा नपु¥याउँदा संसदको काम भने प्रभावित हुँदै आएको छ ।

रिक्त रहेको सभामुख पदका लागी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर नयाँलाई सभामुख बनाउने योजना नेकपाको छ । तर सभामुख कसलाई बनाउने भनेर निर्णय लिन शिर्ष नेतृत्वलाई गाहा्रे परिरहेको छ । जसको कारण सभामुख चयनका लागी बोलाइएको सचिवालय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

सभामुख छान्न सत्तारुढ दल नेकपालाई सकस नै परेको छ । सभामुखको विषयमा नेकपा अनिर्णयको बन्दी बन्दा प्रतिनिधि सभाको बैठक पुस १६ गतेसम्मलाई स्थगित छ । यही विषय टुंग्याउन भनेर नेकपाको आइतबार बसेको बैठक तयारी नपुगेको भनी पछि सारिएको छ । बालुवाटारमा बसेको बैठकले समय अभाबका कारण निष्कर्षमा पुग्न नसकेको जनाएको छ ।

सचिवालय बैठकले सभामुख चयनका लागी टुङ्गो लगाउन नसक्नुमा सभामुखका लागी हालको उपसभामुखको दाबी र दुई अध्यक्षको फरक फरक रोजाइ भएको नेताहरु बताउँछन् । नेताहरुको जुंगाको लडाइमा नेकपालाई अनिर्णयको बन्दी बनाउन नहुने सुझाब नेकपा केन्द्रीय सदस्य बिशाल भट्टराइको रहेको छ ।

समाबेसीताको कुरा गर्ने पार्टी भित्र हालको उपसभामुख सभामुख बन्नका लागी योग्य र इच्छुक भएकाले अन्यको बारेमा छलफल गरि निर्णयमा पुग्न नसक्नुलाइ लिएर महिला नेतृहरु शिर्ष नेतृत्वमाथी प्रश्न गरिरहेका छन् । मन्त्री मण्डल पूनर्गठनका बेला एकजना पनि महिलाको उपस्थीति हुन नसक्नुलाइ लिएर प्रश्न उठिरहेका बेला त्यसको जबाफका लागी पनि हालको उपसभामुखलाइ सभामुख बनाउनुपर्ने सुझाब नेकपाका सांसद बिन्दा पाण्डेको रहेको छ ।

लामो समय सभामुख पद रिक्त हुँदा धेरै विधेयकहरु अड्किएको अवस्था छ ।सभामुख नहुँदा पहिल्यै पास भएका पाँच विधेयक राष्ट्रपति समक्ष प्रमाणिकरणका लागी जान नसकेको अवस्था छ भने नागरिकता,मिडिया काउन्सिल लगाएतका करिब २९ विधयेकहरु यो अधिबेसनबाट पास गर्नुपर्ने छ । तर बहुमतको सरकार चलाईरहेको सत्तारुढ दल नेकपा सभामुखको चयनमै अलमलिएको छ । नेकपाको अनिर्णयले संसदको गतिविधि अनिर्णयको बन्दी बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);