कपिलवस्तु, १२ पुस । कपिलवस्तु यशोधरा गाउँपालिका–७ लाई भव्य कार्यक्रमको आयोजना गरी बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
यशोधरा गाउँपालिका, साविक सोमडिह गाविसका १ हजार घर धुरीको सम्पूर्ण घर धुरीलाई बालबिबाह मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा हस्ताक्षर अभियान लगायत बिभिन्न किसिमका बाल विवाहबारे जनचेतना मुलक नाटक पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय निकायका प्रतिनिधी, कार्यालय प्रमुखहरु, शिक्षासंग सरोकार निकाय, पत्रकार, सुरक्षा निकाय, शिक्षक, बिद्यार्थी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।