पीपीएल : चितवन राइनोज फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

पीपीएल : चितवन राइनोज फाइनलमा प्रवेश

पोखरा, ८ पुस । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन फाइनलमा पुगेको हो ।

चितवनले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए । चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चितवनका लागि बाबरले ७० र रोहन मुस्तफाले अविजित ५९ रन बनाए । जितसंगै चितवन पाँच खेलमा अपराजित रहदै फाइनल पुगेको हो ।

ताजा समाचार