साग पुरुष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

साग पुरुष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित

nepal parajit

काठमाडौं, २१ मंसिर । नेपाल १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गतको पुरुष क्रिकेटमा बंगलादेशसँग पराजित भएको छ । शनिवार कीर्तिपूरस्थित त्रिभुवन बिश्व बिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाली राष्ट्रिय टोली बंगलादेशको २३ वर्ष मुनिको टोलीसँग ४४ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रनमा सीमित भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका ब्याट्सम्यानहरूलाई सस्तैमा आउट गर्ने क्रममा बंगलादेशका सौम्य सरकार, सुमन खान, तनवीर इस्लाम र महेदी हसनले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १सय ५५ रन बनाएको थियो।नेपालका पारस खड्काले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

यो जितसँगै बंगलादेश साग अन्तर्गतको पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ। यो पराजयसँगै साग पुरुष क्रिकेटको प्रतियोगिताको स्वर्ण पदकको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);