अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति उम्मेदवारमा ह्यारिस चुनाव नलड्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति उम्मेदवारमा ह्यारिस चुनाव नलड्ने

kamala hyarik

एजेन्सी, १८ मंसिर । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस चुनावी मैदानबाट पछि हटेकी छिन् । क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि चुनावी मैदानबाट बाहिरिने घोषणा गरेको विश्लेषण गरिएको छ ।

गत जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उनको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो । तर अभियान चल्दै जाँदा र धेरै नेताहरुको दाबी रहेको डेमोत्र्याट फिल्डमा कमला संकटमा परेकी हुन् । ५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हुन् । उनलाई डेमोक्रेटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);