भारत र चीनसँगका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने सरकारकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

भारत र चीनसँगका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने सरकारकाे निर्णय

gokul

काठमाडौं, ५ मंसिर । सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाईओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्विकृति पनि दिएको सरकारका प्रवक्ता बास्कोटाले बताउनु भयो ।

त्यसैगरी मंसीर ३ गते बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्विकृति पनि दिएको छ ।