नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा

चितवन, २८ भदौ । लामो समयदेखि रातभर बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ ।

दसैंतिहार मनाउन घर जाने यात्रुको सहजताका लागि २४सै घण्टा सडक सञ्चालनमा ल्याइएको हो । २४सै घण्टा सडक सञ्चालन गर्ने निर्णय भएसँगै सडकका विभिन्न भागमा डिजिटल सूचना बोर्ड राखिएको छ ।

चाडपर्वलाई ध्यानमा राखी राति पनि सडक खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

चाडपर्वको अवधिमा मालबाहक सवारीलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराइनेछ । यात्रुबाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालबाहक ट्रकलाई रामनगरनजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिनेछ ।

चाडपर्वको अवधिमा सडकका खाल्डाखुल्डी पुर्ने, पानी छर्किने तथा निर्माण सामग्रीका कारण सडक अवरोध हुन नदिइने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);