चिलीमा सन् २०२० को अप्रिलमा जनमतसंग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

चिलीमा सन् २०२० को अप्रिलमा जनमतसंग्रह

एजेन्सी, ३० कात्तिक । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब १ महिनादेखि नै विरोध प्रदर्शन भएपछि सरकारले नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने घोषणा गरेको संचार माध्यमहरुले जनाएका छन् ।

चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर घोषणा गरिएको हो ।

प्रदर्शनकारीहरुले चिलीका पूर्वशासक अगस्तो पिनोचेटले जारी गरेको संविधान विरुद्ध नयाँ संविधान जारी गर्न जनमतसंग्रहको माग गरिरहेका थिए । आन्दोलनकारी र सरकारी वार्ता टोली बीचको वार्तापछि संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमतसंग्रह गर्ने विषयमा सहमत भएको हो ।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमतसंग्रह गर्ने विषयमा सहमति भएको हो । जनमतसंग्रहको घोषणसंगै प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शन स्थगित गरेका छन् ।