काठमाडौं, ३० कात्तिक । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर दुई दिने नेपाल भ्रमणमा आउनुभएको छ । युनिसेफले आयोजना गर्न लागेको पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति काठमाडौं आइपुग्नुभएको हो ।
युनिसेफका सद्भावना दूत समेत रहनुभएका सचिनले शनिबार कीर्तिपुर मैदानमा तेन्दुलकर र नेपाली क्रिकेटका पूर्व कप्तान विनोद दासले नेतृत्व गरेको टोलीसँग क्रिकेट खेल्ने कार्यतालिका रहेको छ ।
तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैंले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै खेल खेल्नेछन् । खेल १०–१० ओभरको हुनेछ । तेन्दुलकरले शनिबार राति स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ ।




