शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

काठमाडौं, २८ कात्तिक । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो ।

सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले सो सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई एनएस क्वालिटी अवार्ड प्रदान गर्नु भएको थियो ।

निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम् सिमेन्टलाई सो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

शिवम सिमेन्टले क्वालिटीको मामलामा ‘नो कम्प्रोमाईज’ मुख्य नारासहित राष्ट्रको विकास, निर्माणको महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट मुलुकको विकास, निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम सिमेन्टप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);