काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु

काठमाडौं, २७ कात्तिक । काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार काठमाडौंमा एक समारोहकाबीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दुतहरु सहभागी रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गर्नु भयो ।

उहाँले नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा साथ दिन सबै देशका अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गर्दै लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो । नेपालको ऊर्जा, पर्यटन, कृषि र उद्योगमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सकिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले नेपालमा आर्थिक विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै त्यसबाट आउने मुनाफाको लाभ लगानीकर्ताहरुलाई हुने पनि स्मरण गराउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने योजना अघि सारेको उल्लेख गर्दै बाह्य लगानीकर्ताहरुले उच्च प्रतिफल पाउने गरी आवश्यक व्यवस्था मिलाइएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);