पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउँदा ट्यांकरबाट आयात हुन छोड्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउँदा ट्यांकरबाट आयात हुन छोड्यो

petrol paipline bara

बारा, २६ कात्तिक । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउन थालेपछि भारतीय आयल कर्पोरेशनको बरौनी रिफाईनरीबाट नेपाली ट्यांकरबाट पेट्रोलियम पदार्थ डिजेल आयात हुन छोडेको छ । नेपाल आयल निगमले सबैभन्दा बढि तेल ढुवानी गर्ने बरौनीबाट ट्यांकर लोड हुन छाडेपछि दैनिक करिव १ सय ५० वटा डिजेल बोक्ने ट्यांकरको खर्च कटौती हुने भएको हो ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउन थालेपछि भारतको बरौनीबाट नेपालमा ट्यांकर मार्फत् पेट्रोलियम पदार्थ डिजलको आयात हुन छाडेको छ । भारतीय आयल कर्पोरेशन बरौनी रिफाईनरीबाट ट्याकंरमा आयात हुन छोडेको हो । नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगञ्ज बाराका डिपो प्रमुख प्रदिप यादवले बरौनीबाट डिजेल लोड बन्द भए पनि रक्सौलबाट भने लोड भईरहेको जानकारी दिनुभयो ।

वीरगंजको सीमा पारी रहेको रक्सौल डिपोबाट भने निगमले ट्याङ्कर मार्फत डिजेल आयतलाई निरन्तरता दिई रहेको छ । पाईप लाइन मार्फत डिजेल आउन थालेपछि रक्सौल डिपोबाट समेत ट्यांकर मार्फत आउने डिजेलको परिमाण ५० प्रतिशतले घटेको निगमले जनाएको छ ।

ईण्डियन आयलले मोतिहारीमा डिपो नहुँदा हाल पटनाबाट डिजेल पम्पिंग भईरहेको छ । ईण्डियन आयलले २०१९ को अन्त्यसम्ममा मोतिहारीमा डिपो स्थापना गरेपछि पाईप मार्फत आउने डिजेल मोतिहारीबाट नै आउने छ ।

हाल प्रति घण्टा २ सय किलो लिटर डिजेल आईरहेकोमा मोतिहारीबाट पम्पिंग शुरु भएपछि २ सय ९० किलो लिटर प्रति घण्टा डिजेल आउने निगमले जनाएको छ । यस अघि बरौनीबाट २ हजार ५ सय किलो लिटर डिजल र १ हजार किलो लिटर पेट्रोल आयात गर्ने गरेको थियो । पाइपलाईनबाट डिजेलको आयातसंगै दैनिक करिव १ सय ५० वटा ट्यांकरका लागि हुने खर्च कटौती हुने भएको छ । हाल बरौनीबाट पेट्रोल मात्र आईरहेको छ । अमलेखगञ्ज डिपोले काठमाडौं, बिराटनगर, पोखरा र भैरहवामा डिजेल आपूर्ति गर्दै आइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);