काठमाडौं, २३ कात्तिक । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन दवावदिनका लागि टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडौंको मुटुमा रहेको एकमात्र ठुलो खुला स्थान टुँडिखेललाई शनिबार मानव साङ्लो बनाएर घेरिएको हो ।
अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको हो । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिएको हो ।