एजेन्सी, २३ कात्तिक । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा जेलबाट रिहा भएका छन् । ब्राजिलको सर्वोच्च अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुला दा सिल्भा जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
इन्जिनियरहरुसँग घुस लिएको आरोपमा आठ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति लुला दा सिल्भालाई सर्वोच्च अदालतले रिहा गरेको हो । सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो ।
अदालतको आदेशबाट १८ महिना पछि रिहा भएलगत्तै लुला दा सिल्भाले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । उनको रिहा लगत्तै भएको र्यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ ।
लुला सन् २ हजार ३ देखि १० सम्म ब्राजिलको राष्ट्रपति रहेका थिए ।