भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा

public health emergency delhi

एजेन्सी , १६ कात्तिक । वायु प्रदुषण बढेपछि भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ । वायु प्रदूषणको स्तर बढेपछि अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको हो ।

यहाँको वायुमा खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मानकभन्दा २० गुणा बढी भेटिएको बताइएको छ । वायु प्रदूषण बढेपछि सर्वसाधारणले यतिबेला स्वास फेर्न कठिनाइ झेलिरहेका छन् । अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । प्रदूषण दर बढ्दै गएपछि विद्यालय नै बन्द गर्ने निर्णय गरिएको छ ।

बीबीसीका अनुसार, दिल्लीका विद्यालयले ५ नोभेम्बरसम्मका लागि बन्द रहने सूचना जारी गरेका छन् । त्यहाँको पर्यावरण प्रदूषण रोकथाम प्राधिकरण (ईपीएस) ले समेत निर्माण कार्यमा रोक लगाएको छ । उसले ५ नोभेम्बरसम्मका लागि सबै किसिमका निर्माण कार्यमा रोक लगाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);