असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलन बाकुमा शुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलन बाकुमा शुरु

काठमाडौं, ८ कात्तिक । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन शुक्रबारबाट अजरबैजानमा सुरु भएको छ ।

अजरबैजानको राजधानी बाकु सम्मेलन केन्द्रमा सम्मेलनको औपचारिक उद्घाटन भएको हो । सम्मेलनमा नामका १सय २० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनका प्रतिनिधिहरु सहभागि छन् ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको पूर्ण सत्रलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो ।

सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);