कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको निर्देशन

pm kp oli

काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको दबाबमा नपरि निष्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराउनुभएको हो ।

उहाँले अपराध अनुसन्धानको सवालमा प्रहरीले राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निष्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताउनुभयो । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निष्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);