काठमाडौं, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरसँग गहिरो नाता सम्बन्ध भएको बताउनु भएको छ ।
शनिबार कीर्तिपुरको एक कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष दाहालले आफु कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्ने बताउनुभएको छ ।
उहाँले आफ्नो मेरो र कीर्तिपुरको सम्बन्ध गहिरो र भावनात्मक रहेको बताउँदै पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्दा भूमिगत रुपमा बस्ने, प्रशिक्षणहरु चलाउनुका साथै संगठन बनाउने काम गरेको स्मरण गर्नुभयो ।