सलमानले किन रोके ‘नो इन्ट्री’ को सिक्वेल ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

सलमानले किन रोके ‘नो इन्ट्री’ को सिक्वेल ?

काठमाडौं, ४ असोज । अहिले बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । अब उनका प्रशंसकलाई फिल्मको ट्रेलरको व्यग्र प्रतिक्षा छ । केही दिनयता सलमानले ‘दबंग ३’ पछि दशक अगाडिको सुपरहिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेलको छायांकन सुरु गर्ने चर्चा चलेको छ ।

तर, वास्तवमा यस्तो हुने लक्षण देखिएको छैन । सलमानले यो फिल्मको सिक्वेल गर्न नमानेको भारतीय मिडियाले बताएका छन् । फिल्ममा अभिनेता अनिल कपूर पनि हुने बताइएको छ । तर, उनीसँग तत्काल कुनै डेट्स नभएपछि सलमानले नै फिल्मको छायांकन रोकेको जानकारी प्राप्त छ । उनले अनिल बिना फिल्मको छायांकन गर्न चाहेका छैनन् ।

‘नो इन्ट्री’ को छायांकन रोकिनुमा सलमानको व्यस्तता पनि प्रमुख मानिएको छ । उनी चाँडै ‘विग बोस १३’ र फिल्म ‘किक २’ को छायांकनमा व्यस्त हुँदैछन् । अनिल र सलमान दुबैको डेट्स क्लियर भएपछि मात्र यो फिल्मको छायांकन सुरु हुनेछ । २००५ मा रिलिज भएको यो एक कमेडी फिल्म थियो, जसले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

फिल्ममा सलमान, अनिल कपूरका अलावा फरदीन खान, बिपाशा बासु, लारा दत्ता, ईशा देओल, बोमन ईरानी र सेलिना जेटलीलगायतका कलाकारहरुको अभिनय थियो । फिल्मलाई अनीस बाज्मीले निर्देशन गरेका थिए । लामो समयदेखि यो फिल्मको सिक्वेललाई चर्चा चलेको थियो । सम्भवतः अब यो फिल्म सलमानले ‘किक २’ भ्याएपछि सुरु हुनेछ । फिल्मिखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);