'संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको लडाई लडनु पर्छ' | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

‘संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको लडाई लडनु पर्छ’

kamal thapa

काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको लडाई लड्ने बताउनु भएको छ । अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै गरेर लडाई गर्ने बताउनु भएको हो ।

उहाँले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोही अनुसारको सहयोग गरिरहेको दावी गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बिद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गर्नु भयो ।