१२ बूँदे समझदारीमा भारतको कुनै संलग्नता छैन : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

१२ बूँदे समझदारीमा भारतको कुनै संलग्नता छैन : नेता नेपाल

madhav nepal

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन समयमा राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै संलग्नता नरहेको दावी गर्नु भएको छ ।

आईतबार राजधानी काठमाडौंमा बोल्दै उहाँले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श नगरिएको स्पष्ट पार्नु भयो ।

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको बताउनु भयो । सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको भनाई रहेको छ ।

वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन बिद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यसअघि पनि बताउनु भएको थियो ।