काठमाडौं, २ भदौ । सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ ।
समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् ।
सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।