जुम्लामा विद्युतको बैकल्पिक व्यवस्था गर्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

जुम्लामा विद्युतको बैकल्पिक व्यवस्था गर्न सरकारको निर्देशन

वर्षमान पुन

काठमाडौं, २३ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जुम्लामा विद्युत्को बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उहाँले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणको मर्स्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताउनुभएको हो ।

जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बन्धीत मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिनुभएको थियो । उहाँले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गर्नुभएको थियो ।

मन्त्री पुनले कर्णालीका सम्पुर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताउनुभयो । जुम्लामा ३३ केवि प्रशारण लाईनका लागि यसै बर्ष दैलेख जुम्ला ट्रान्समिसन लाईनका लागि टेण्डर भएर छनौट पनि भईसकेको भन्दै उहाँले २ बर्ष भित्र प्रशारणलाईन बनिसक्ने बताउनुभयो ।

साथै उहाँले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उहाँले हटलाईन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लाण्ट विग्रेको जानकारी आफुले पाएको तर सांसद महतले आफुसंग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पार्नुभयो ।

उहाँले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानाकर्षण गराउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो “जुन आवेगमा राख्नु भयो त्यही उचाईको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो ।”

उहाँले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लान्ट रहेको र सो प्लान्ट उपभोक्ताको सहभागीतामा संचालन हुदै आएको स्पष्ट पार्नुभयो । साथै उहाँले सोही उपभोक्ता समितिले नै आयोजनाको संचालन मर्मत संभार सम्बन्धी सम्पुर्ण कामहरु गर्दै आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मंसिर सम्म रहेको जानकारी समेत गराउनुभयो ।

स्थानीय पुर्वाधार कोष मार्फत २६ लाख ४० हजार खर्च गरेर १ सय ६० किलोवाटको डिजेल प्लान्ट लगाएर जुम्लामा आपतकालिन विद्युत् सप्लाई सुरु भएको मिडियामा सुन्न आएको भन्दै उहाँले सांसद महतलाई धन्यवाद पनि दिनुभयो । मन्त्री पुनलाई ४५ जना सांसदले प्रश्न गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);