काठमाडौं, १७ साउन । नेपालको पहिचान झल्काउने राष्ट्रिय पोसाकलाई महत्वका साथ सबैले व्यवहारमा पनि लागु गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।
शुक्रबार राजधानीमा आयोजीत अनौपचारिक राष्ट्रिय पोसाक घोषणामा आम नागरिककको भुमिका बिषयक कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पोसाकलाइ कुनैपनि राजनितीकरण नगरिकन नेपालको इतिहास कला सभ्यता र संस्कृतिको जर्गेना गर्नका निमित राष्ट्रिय पोसाक पनि अहम भुमिका खेल्ने नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय पोसाक दाउरा सुरुवाल सहित सबैले आफनो पहिचना झल्कने पोसाकको पनि सम्मान गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रम सहभागी सासंद शान्ता चौघरी, नवराज सिल्वाल, धना खतिवडा लगाएतले नेपालको सभ्यता र संसकृति धरापमा परेकाबेला यसको उचित संवद्धन र प्रवद्धनको लागी सबैले आ आफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।





