आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, ८ साउन । विज्ञहरुले आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । रसायन शास्त्री निरञ्जन पराजुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक टिकाबहादुर कार्कीले आयातित खाद्यान्नको विषादी परिक्षणबारे सर्वसाधारणलाई विश्वास गर्न लायक बनाउन सरकारसँग आग्रह गर्नु भएको हो ।

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै रसायन शास्त्री पराजुलीले खाद्य प्रयोगशालाको उचित व्यवस्था गरेर आयातित खाद्य बस्तु विषादीरहित रहेको विश्वास सर्वसाधारणलाई गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक कार्कीले पनि आयातित खाद्य बस्तुको विषादी परिक्षणका लागि आवश्यक क्षमताको विकास तत्काल गर्न सरकारलाई सुझाव दिनु भयो । उहाँले विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपालले भारतबाट आएको खाद्य बस्तुको आन्तरिक रुपमा पनि विषादी परिक्षण गर्न पाउने स्पष्ट पार्नु भयो ।

कार्कीले नेपालबाट भारतमा निर्यात भएका अलैची लगायतका बस्तुहरुको विषादी पुनः परिक्षण हुने भएकाले नेपालले पनि भारतबाट आयातित बस्तुहरुको परीक्षण गर्न सक्ने स्मरण समेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);