बेलायतको नयाँ प्रधानमन्त्रीमा वोरिस जनशन निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

बेलायतको नयाँ प्रधानमन्त्रीमा वोरिस जनशन निर्वाचित

बुधवार औपचारिक रुपमा प्रधानमन्त्रीको पद सम्हाल्ने

एजेन्सी, ७ साउन । बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जनसन निर्वाचित भएका छन् । मंगलवार उनी प्रधानमन्त्रीमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो ।

बेलायतको सत्तारूढ कन्जरभेटिभ पार्टीले आफना सदस्यबाट जनसन वा जेरेमी हन्टमध्ये एक जनालाई प्रधानमन्त्री बनाउनका लागि मतदान गरेको थियो । कन्जरभेटिभका १ लाख ६० हजार सदस्यले मतदानमा भाग लिएका थिए । मतदानमा जनसनको पक्षमा ९२ हजार १ सय ५३ मत परेको थियो भने हन्टको पक्षमा ४६ हजार ६ सय मत परेको थियो ।

जनशनले बुधवार औपचारिक रुपमा प्रधानमन्त्रीको पद सम्हाल्ने जनाइएको छ । बेलायतलाई युरोपियन यूनियनबाट अलग्याउने बिषयमा भएको ब्रेजिक्ट सम्बन्धि मतदानमा हालकी प्रधानमन्त्री टेरेजा मे असफल भएपछि उनले यसअघि नै राजीनामा दिइसकेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);