मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

melamchi khane pani

काठमाडौं, ७ साउन ।  आन्दोलनमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाका मजदुरले विरोधका कार्यक्रम स्थगित गरेका छन् । रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि एक साता अघिदेखिको विरोधका कार्यक्रम स्थगित भएको हो ।

आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको थियो । मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा लिएका मजदुर तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा उनीहरुलाई तलब सुविधा दिने छलफल भएपछि कार्यक्रम स्थगित भई काम सुचारु भएको मेलम्ची खानेपानी विकास समितिका एक उच्च अधिकारीले जानकारी दिए ।

आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडे पनि सुरुङभित्र भेन्टिलेसन स्याफ्टको लागि छुट्टै ठेक्कामा काम भइरहेको थियो । याे समाचार नेपाल समाचारपत्र दैनिक मा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);