‘छड्के तिलहरी’मा देखियो वली दिदीबहिनीको माया (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

‘छड्के तिलहरी’मा देखियो वली दिदीबहिनीको माया (भिडियोसहित)

oli sister

काठमाडौं, ३० असार । राष्ट्रिय सभाकी सांसद एवं चर्चित गायिका कोमल वलीले ‘छड्के तिलहरी’ सार्वजनिक गर्नुभएको छ । तीज आउन झण्डै डेढ महिना बाँकी छँदै गायिका वली र उहाँकी बहिनी प्रज्ञा वली ‘शरद’ले उपहार स्वरुप ‘छड्के तिलहरी’ बोलको गीत बजारमा ल्याउनु भएको हो ।

गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । एक दिदी भएर आफ्नो बहिनीको कसरी ख्याल राख्छिन्, त्यस्तै बहिनीले पनि आफुले दिदीलाई गर्ने माया अरु कसैले गर्न नसक्ने आफ्नो माया त्यति चोखा र अपार रहेको बारे जानकारी गराउनु भएको छ । दिदीबहिनी कै मायाका कुरामा बहिनीले आफु ठुली भैसकेको र अब तपाई देश राम्रो बनाउने माननीय पदमा भएकोले यो देश बनाउन तर्फ लाग्नु होला भनी आग्रह गदै दिदीबहिनी बीचको माया, प्रेम र स्नेह देखाएको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गर्नुभएको छ । अभिनयमा शरद चौलागाईंले पनि साथ दिनुभएको छ ।

चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र प्रज्ञा वली ‘शरद’ले स्वर दिनु भएको हो । निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गर्नुभएको सार्वजनिक म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गर्नुभएको छ । राष्ट्रियसभा सदस्य वलीले अघिल्ला वर्षहरुका तीजमा गाएका गीतहरु भन्दा यो गीत निकै फरक र सकारात्मक सन्देशले भरिएको छ ।

वलीले उक्त गीतको भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);