१६औं पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१६औं पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व

प्यारा ग्लाइडिङका युकेश र फुटवलकी सावित्रा वर्ष खेलाडी घोषित

काठमाडौं, १७ असार । १६औं पल्सर स्पोर्ट्स अवार्ड  प्याराग्लाइडिङका युकेश युकेश गुरुङ पुरुषतर्फ र फुटवलकी सावित्रा भण्डारी महिलातर्फ उत्कृष्ट बर्ष खलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई बर्ष खेलाडी घोषणा गरिएको हो । यस्तै प्याराग्लाइडिङकै योगेश भट्टराई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्याराग्लाइडिङमा पुरुषतर्फ रजत पदक जितेको टिमलाई टिम अफ दि इअरबाट सम्मानित गरियो । पिपुल्स च्वाइस अवार्ड महिला भलिबल खेलाडी रेश्मा भण्डारीले जितिन्। एसएमएस भोटिङ, फेसबुक लाइकको आधारमा भएको उक्त अवार्डमा रेश्माले सर्वाधिक भोट प्रापत गर्दै अवार्ड जितेकी हुन् ।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्समा अजित भण्डारीले जिते। लाइफटाइम अचिभमेन्टको अवार्डबाट कीर्तिमानी धावक हरि बहादुर रोकायलाई सम्मान गरियो।

यसैगरी स्पेशल अवार्ड फुटबलर रोहित चन्दले प्राप्त गरे भने पारा एथलेट अवार्ड ब्लाइन्ड क्रिकेटकी मनकेसी चौधरीले जिते। नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको अवार्डमा यस पटक विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको थियो। वर्ष पुरुष खेलाडी युकेश, वर्ष महिला खेलाडी सावित्रा, वर्ष प्रशिक्षक योगेश र पिपल्स च्वाइस अवार्डको विजेता रेश्माले पल्सर मोटरसाइकल प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);