सर्लाही घटनाको छानबीन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

सर्लाही घटनाको छानबीन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन

samiti ko nirdeshan

काठमाडौं, ९ असार । संसदीय समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको तत्काल छानवीन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुडभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैले गरेको भन्दै आपत्ति जनाउनु भयो ।

बैठकमा गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताउनु भएको थियो । उहाँले घटनाको छानबिन गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

असार ५ गते प्रहरीले चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई लालबन्दीमा हत्या गरेपछि सरकारले त्यसलाई मुडभेड भन्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);