कृषि समितिले गुठी विधेयकबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

कृषि समितिले गुठी विधेयकबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने

krisi samiti

काठमाडौं, ३१ जेठ । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ ।

समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग अर्काे हप्ता सामूहिक छलफल गर्ने निर्णय गरेको हो । गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिईरहेका बेला सो सम्बन्धि तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनु भयो ।

समितिले भूमिसम्बन्धि आठौं संशोधन विधेयक आगामी आईतबार बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ ।