१० महिने छोरीलाई बाबुले जिउँदै जलाए | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

१० महिने छोरीलाई बाबुले जिउँदै जलाए

दार्चुला, २७ बैशाख । दार्चुलाको व्यास गाउँपालिका ५ चुकपानीमा बिहीबार राती आफ्नै बुवाले छोरीलाई खरको ढिस्कोमा जिउँदै जलाई हत्या गरेका छन् । बिहीबार राति १० बजे श्रीमान नविन सिंह विष्ट र श्रीमती शिला विष्टबीच भएको सुन लेनदेनको विषयमा भएको घरायसी झगडामा नविन सिंह विष्टले रिसको झोकमा १० महिने छोरी अनुस्का विष्टलाई खरको ढिस्कोमा राखी जिउँदै जलाएका थिए ।

घटना लगत्तै आगो निभाउन भेला भएका स्थानीयहरुले घटनापछि भाग्दै गरेको अवस्थामा बुवा नविन सिंह विष्ट र आमा शिला विष्टलाई नियन्त्रणमा लिएको र प्रहरी चौकी हुतीबाट खटिई गएको प्रहरीको जिम्मा लगाएको स्थानीय जमन सिंह विष्टले बताए ।

बुवा नविन सिंह विष्टले १० महिने छोरी अनुस्का विष्टलाई जिउँदै जलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभियुक्त नविन सिंह विष्ट र शिला विष्टलाई अहिले अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।