भाउजुसँग प्रेम सम्बन्ध हुँदा श्रीमतीलाई जिउँदै जलाएर हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भाउजुसँग प्रेम सम्बन्ध हुँदा श्रीमतीलाई जिउँदै जलाएर हत्या

Death body

काठमाडौं, २७ बैशाख । पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मुकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु¥याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);