काठमाडौं, २५ बैशाख । नेपाल पुलिस क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पाँच राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा पराजित गर्यो । प्रतियोगिताको विजेता टीमले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद प्राप्त गर्नेछ । फाइनल खेल बिहिवार हुनेछ ।