चट्याङ लागेर घरमा आगलागी हुँदा २० लाख क्षति | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

चट्याङ लागेर घरमा आगलागी हुँदा २० लाख क्षति

aago

काठमाडौं, १० बैशाख । तेह्रथुम म्याङ्लुङ नगरपालिका–२ मा चट्याङ लागेर विद्युतसर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पदम भुजेलको घरमा साेमबार दिउँसो ३ बजे लागेको आगोले करिब २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगोलागी हुँदा घरमा डेरा गरी बस्ने आठराई गाउँपालिका–२ खाम्लालुङकी दीपा लिम्बूको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहनालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा कोही नभएका अवस्थामा आगलागी भएकाले मानवीय क्षति हुन नपाएकाे स्थानीयवासी मानबहादुर लिम्बूले बताए । “चट्याङसहित भिषण वर्षा भएको पाँच मिनेट नबित्दै घरबाट धुवाँ निस्कन थाल्यो”, प्रत्यक्षदर्शी मनोज लिम्बूले भने ।

आगाे लागेपछि स्थानीयवासी, सेना र प्रहरीले दुई घण्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए । घर धनी भुजेल लालीगुराँस नगरपालिकाको वसन्तपुर बजारमा बस्दै आएका थिए ।  यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);