काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम टुंगिएको दावी गरेका छन् ।
अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोली (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेको हो । पार्टीको प्रदेश नम्बर ३ ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओली शर्मा ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोली घोषणा हुने गरी निर्णय लिन साँझ ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिए । अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भएपनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे/नगरेको समिक्षा गरेर अघि बढने पनि बताए ।