काठमाडौं र ललितपुरमा राखिएका स्मार्ट डस्टबिन प्रयोगविहीन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

काठमाडौं र ललितपुरमा राखिएका स्मार्ट डस्टबिन प्रयोगविहीन

smart dustbin

काठमाडौं, ४ बैशाख ।  काठमाडौं र ललितपुरमा स्मार्ट डस्टबिन परीक्षणका रूपमा राखिएको ३ महिना भएको छ । तर यसरी राखिएका स्मार्ट डस्टबिन खासै प्रयोगमा नआएको मात्र होइन कतिपयलाइ त यसवारेमा जानकारी सम्म पनि छैन । मंसिर दोस्रो साता काठमाडौंंको माइतीघरबाट राख्न सुरु गरिएको स्मार्ट डस्टबिन अहिले राजधानीको ३५ ठाउँमा राखिएको छ ।

काठमाण्डौं महानगरपालिकाले स–साना फोहरलाइ व्यवस्थापन गर्न र सेवाग्रहीलाइ सजिलो होस भनेर रत्नपार्कमा राखिएको स्मार्ट डस्टबिन वरपर दिनहुँ हजारौं मानिस ओहोरदोहोर गर्छन् तर त्यो फोहोर फाल्ने डस्टबिन हो भनेर थाहा भने अधिकांश मानिसलाइ थाह छैन । राजधानीको चक्रपथ भित्र धेरै ठाउँमा त यो स्मार्ट डस्टविन राखिएको छैन तर राखिएको ठाउमा पनि सडकमा हिँड्ने धेरैजसोलाई यो डस्टबिन हो भन्ने जानकारी नै छैन । र थाह भएपनि त्यसको प्रयोग भने मानिसहरुले गरिरहेका छैनन् ।

स्मार्ट डस्टविन राखेको ३ महिनासम्म पनि धेरैले सडकमा राखिएका यस्ता डस्टबिनबारे थाहा नपाएर कागज वा फलफूलका बोक्रालगायत फोहोर फाल्न डस्टबिन खोजिरहेका हुन्छन् वा सडकछेउमै फाल्छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वर डंगोलले स्मार्ट डस्टबिनको बारेमा धेरैलाई जानकारी नभएकोले यसको प्रयागे त्यति नभएको स्वीकार गरे ।

काठमाण्डौं महानगरपालिकाले वातावरण सफा राख्न भन्दै राजधानीको बिजुलीबजार, नयाँ बानेश्वर, मिनभवन, तीनकुने, कोटेश्वर, गौशाला, चाबहिल, रत्नपार्कलगायतका स्थानमा स्मार्ट डस्टबिन राखेको छ । करिब साढे ३ करोड रुपैयाँ लगानी गरेर काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा यी डस्टबिन प्रयोगमा ल्याएको हो ।

यी डस्टबिन झटट् हेर्दा उपत्यकाको सुन्दरताका लागि राखिएका डिजिटल उपकरण जस्ता लाग्छन् । तर कुरा यसो होइन । यसमा कुहिने र नकुहिने दुवै किसिमका फोहोर राख्ने छुट्टाछुट्टै खण्ड, वायु प्रदूषण मापन यन्त्र, मोबाइल चार्ज गर्न सकिने प्रविधि र घाम अस्ताएपछि बल्ने स्वचालित बत्तीसमेत जडान गरिएको छ ।

स्मार्ट डस्टबिनको अगाडि लगानीकर्ताले र पछाडिको ९ बर्गफिटमा महानगरपालिकाले आफ्ना सूचना राख्ने गरेका छन । हेर्दा फोहरी र दिक्क लाग्दो फोहर राख्ने भाँडोलाइ मात्र डस्टविन भन्ने ठानिरहेका राजधानीबासीलाइ सर्लक्क परेको सफा अत्याधुनिक उपकरण सहितको भाँडो डस्टविन हो भन्ने हेक्का नै रहेन । तर, यसको बारेमा पर्याप्त जानकारी र यसको प्रयोगको विधिको बारेमा पनि जानकारी गराउन सकेमा राजधानीमा राखिएका यस्ता स्मार्ट डस्टविनको प्रयोग बढने थियो भने यसले शहर सफा राख्न पनि मद्धत गर्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);