अर्को अन्तर्राष्ट्रिय विमानस्थलमा सेना | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

काठमाडौं, १८ भदौ । बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० वर्ग किलोमिटर क्षेत्रफलको वरिपरि रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषद्ले नेपाली सेनालाई जिम्मा दिएको हो । सरकारले नेपाली सेनालाई विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी दिएको हो ।

 

नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणको विषयमा गर्नुपर्ने समझदारी पत्रको मस्यौदालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् स्वीकृति दिएर रक्षा मन्त्रालय पुगेको पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिए ।

 

उनका अनुसार यस विषयमा सहजीकरण गर्नका लागि मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा वन, वातावरण र रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच एक समिति गठन गरिएको थियो ।

 

सरकारले पहिलो चरणमा जहाँजहाँ संरचना बन्छ त्यसको रुख कटान निगरानी र सुरक्षाको जिम्मेवारी सेनालाई दिएको हो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);