विराटनगरमा हुने टि-२० महिला क्रिकेट लिगको अक्सन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

विराटनगरमा हुने टि-२० महिला क्रिकेट लिगको अक्सन सम्पन्न

क्रिकेट लिगको अक्सन

काठमाडौं, १७ चैत । नेपालमा पहिलो पटक आयोजना हुन लागेको टी–२० महिला क्रिकेट लिगका लागि खेलाडी अक्सनमा नाम चलेका खेलाडी नै महंगो रकममा विक्रि भएका छन् ।

आइतवार आयोजक एनसीएल स्पोर्टसले राजधानीमा गरेको अक्सनमा कुल ८० खेलाडी समावेश भएकामा १० जना खेलाडी अधिकतम रकममा विक्रि भए । अक्सनमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी रहेका छन् ।

अक्सनमा पहिलो श्रेणीमा रहेका १० खेलाडी अधिकतम मूल्य ७५ हजारमा बिक्रि भएका छन् । अक्सनबाट काजल श्रेष्ठ, ईन्दु वर्मा, सरिता मगर, रोमा थापा, सोनु खड्का, ज्योति पाण्डे, अप्सरी बेगम, विन्दु रावल, ममता चौधरी र कविता कुँवरले अधिकतम मूल्य पाएका छन् ।

अधिकतम मूल्य पाएका अधिकांस खेलाडीहरु लक्की ड्रबाट छानिएका हुन् । अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।

प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी बैशाख ७ देखि १४ गतेसम्म हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);