काठमाडौं, ७ चैत । संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ ।
संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’द्धारा सम्मान गरेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिए वापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको हो ।
महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमा समेत लघु उद्यम विकास कार्यक्रम संचालन गरी महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।