यस्तो अचम्मको पार्क, जहाँ निर्वस्त्र भएर मात्रै जान पाइन्छ | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

काठमाडौँ, १६ भदौ । फ्रान्सको राजधानी पेरिसमा एउटा यस्तो पार्क छ जहाँ निर्वस्त्र भएका मानिसले मात्रै प्रवेश पाउँछन् । यस पार्कमा फुटबल पिच जत्रै हिस्सा नाङ्गै आराम गर्न चाहने व्यक्तिका लागि १५ अक्टुबरसम्म परीक्षणका लागि खोलिएको हो। उक्त क्षेत्रमा जान चाहने व्यक्तिले अपनाउनुपर्ने राम्रा कामको बारेमा सूची राखिएको छ। जस भन्दा बाहेक कुनै पनि प्रकारको अभद्र व्यवहार गर्न पाईने छैन।

 

यो कदम पेरिसका सार्वजनिक स्थलको उपयोग गर्ने खुला बिचारवाला सोचको हिस्सा भएको पार्कका डेप्युटी मेयर पेनेलोप कोमाइट्सले बताएका छन्। साइन बोर्डको माध्यमबाट मानिसहरुलाई पार्कको उक्त क्षेत्रबारे जानकारी दिइनेछ जो न्यूड (नाङ्गा) व्यक्तिका लागि हुनेछ। यो स्थान बिहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म खुला रहनेछ।

 

यस्तो पार्कका विषयमा धेरै मानिसले स्वागत गरेका छन् । उनीहरुले भनेका छन् – “पेरिसमा कैयौं समुद्री तट र क्याम्प छन्, जहाँ मानिस न्यूड भएर जान्छन्” । न्यूड पार्कले प्राकृतिक चाहनालाई आकर्षित गर्ने उनीहरुको दाबी छ। पेरिसमै अर्को एउटा यस्तो सार्वजनिक स्विमिङ पूल पनि छ, जहाँ मानिसहरु एक हप्तामा तीन दिन नाङ्गै पौडिन पाउँछन्।