संविधान कार्यान्वयनका लागि तीनदल मिल्नुको विकल्प छैनः अर्थमन्त्री कार्की | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौँ, १६ भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरु एउटै कित्तामा उभिनुपर्ने बताएका छन् ।

 

अर्थिक पत्रकार समाज (सेजन)को १८ आँै साधारण सभाको उद्धघाटन गर्दै मन्त्री कार्कीले तिनै तहको निर्वाचन पछि मात्रै संविधानको कार्यान्वयनमा हुने बताउँदै यसका लागि प्रमुख तीन दलका बीच एकता आवश्यक रहेको जनाएका छन् । उनले वर्तमान सरकारले राजनीतिक स्थिरता कायम गर्दे मुलुकमा लगानी मैत्री वातावरण बनाउने तर्फ अग्रसर भएको बताए ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको आर्थिक बृद्धिदर बढदै गएको बताउदै ठुला विदेशी लगानीकर्ता पनि नेपालमा लगानी गर्न इच्छुक देखिएको धारणा व्यक्त गरेका छन् ।

 

गभर्नर नेपालले अध्ययन र अनुसन्धानलाई जोड दिदै कलम चलाउन आर्थिक पत्रकारलाई आग्रह समेत गरेका छन् ।

 

ताजा समाचार