रेल किन्न बजेट छैन, ठूलाठूला सपना मात्रै | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

रेल किन्न बजेट छैन, ठूलाठूला सपना मात्रै

rail

काठमाडौं, २२ फागुन । सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन ।

बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ अपुग हुने विभागका महानिर्देशक बलराम मिश्रले बताउँछन् ।

‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ । तर नियमित रेल सञ्चालन गर्न दुईवटा इन्जिन आवश्यक पर्छ, महानिर्देशक मिश्रले भने ।

उनले भने, ‘त्यसैले थप रकम माग गरेका छौँ । रकम उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालय सकारात्मक छ ।’