नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने

nepal-china-indhan khani

काठमाडौं, १९ फागुन । नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी मे देखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए ।

सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जियोलोजिकल सर्भेका तर्फबाट भाइस प्रेसिडेन्ड वाङ् कुनले हस्ताक्षर गरेको हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्झौता अनुसार दुई महिनापछि काम थाल्ने चिनियाँ टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा र बराह चतरा क्षेत्रमा विस्तृत अन्वेषण अध्ययन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);