उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

dr rajkumar rauniyar

धरान, १८ फागुन । लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा सिनेट बैठक बसेको थियो। बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले जानकारी दिए। ‘दुईवटा छानबिन समितिको आधारमा पदीय दायित्व पूरा नगरेको कारण बर्खास्त गरिएको हो,’ सिनेट सदस्यसमेत रहेका रजिष्ट्रार श्रेष्ठले भने।

सिनेटले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी रेक्टर डा. गुरु खनालले पाएका छन्। प्रतिष्ठानको ४०औं र ४१आंै सिनेटको निर्णयअनुसार एमसिएच भवन, अंकोलोजी, कार्डियोलोजी र एनएफआरएसबारे छानबिन गर्न यसअघि तीनवटा समिति गठन भएका थिए। तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोराको पालामा गठित समितिले प्रतिवेदन दिन सकेन। पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो। सो समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएपछि पुनः स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा तीन सदस्यीय छानबिन तथा सुझाव समिति गठन गरिएको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);