भू उपयोग आयोजनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

भू उपयोग आयोजनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

bhumi bidek

काठमाडौं, १३ फागुन । विज्ञहरुले कृषि उत्पादन र खाद्य सुरक्षामा प्रतिकूल नहुने गरी भू उपयोगसम्बन्धि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भू उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव दिइएको हो ।

कार्यक्रममा भूमि विज्ञ बाबुराम आचार्यले कृषि योग्य जमिन सदुपयोग गर्न तराई, पहाड र हिमाली भेगमा भू उपयोग आयोजनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेकपाका सांसद एवम् पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले विशेष सुविधा दिएर भएपनि कृषियोग्य जमिनको सदुपयोग गर्न ध्यान दिन सरकारलाई सचेत गराए । विधेयकमा ३ वर्ष भित्र पनि खेतीयोग्य जमिनमा बाली नलगाउनेमाथि ३ लाख जरिवाना लिने प्रावधान पनि राखिएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले भूमि सम्बन्धि सबै कामलाई सहज बनाउन प्रविधिको विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

मन्त्री अर्यालले खेतीयोग्य जमिनको सक्दो सदुपयोग गर्न बाध्य बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);